ePurwa

अलैंची ब्यवसायी संघ ताप्लेजुङको अध्यक्षमा रेग्मी


बुधवार, पौष २७, २०७९

ताप्लेजुङ । भद्र वीर रेग्मीको अध्यक्षतामा नेपाल अलैची ब्यवसायी संघ ताप्लेजुब गठन भएको छ । विहिवार सम्पन्न अधिबेशनले राजमणी मिश्र, तेजवहादुर भट्टराई र शंकर वस्नेत क्रमश प्रथम, द्धितिय र तृतिय उपाध्यक्ष चयन हुनुभएको छ । खेम केसी सचिव, राम वराल कोषाध्यक्ष, इन्दीरा वस्नेत, गोमा भण्डारी लगायत ११ सदस्यिय कार्य समिति चयन गरिएको निवर्तमान अध्यक्ष एबं केन्द्रीय सदस्य वालमणी वरालले जानकारी दिएका छन ।

फुबलिब नगरपालिका प्रमुख अमिर मादेन, उद्योग बाणिज्य संघका अध्यक्ष नारान थापा,  पत्रकार महासंघ अध्यक्ष आनन्द गौतम, अलैची जोनका प्रतिनिधि नरेन्द्र लगायतले सफलताको शुभकामना दिएका थिए । नगरपालिका प्रमुख मादेनले ब्यवसायीहरुको संस्था
भएरपनि अहिलेसम्म अलैची स्टोरकालागि गोदाम ब्यवस्थापन गर्न नसक्नु कमजोरी रहेको वताउदै यी कार्यकालागि नगरपालिका सहकार्य गर्नकालागि तयार रहेको वताए । मादेनले  सदरमुकाम क्षेत्रमा भण्डार गृह निर्माणका लागिपनि आग्रह गरेका छन ।

२०६५ सालमा स्थापना भएको अलैंची ब्यवसायी संघले गाउ‘गाउ‘सम्म पुगेर जनचेतना मूलक कार्यक्रम सञ्चालन गर्नुका साथै हातमा पञ्जा लगाएर मात्रै काम गर्नुपर्ने, अलैचीको वजार  मूल्यका विषयमा जानकारी गराउने जस्ता काम गरेको अध्यक्ष वरालले जानकारी दिए ।

सम्बन्धित खबर