ePurwa

पोखरा विमान दुर्घटना अपडेट : घटनास्थलबाट ३२ जनाको शव निकालियो


आइतवार, माघ १, २०७९

काठमाडौं । पोखरामा भएको विमान दुर्घटनामा ३२ जनाको शव निकालिएको छ । काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चार जना सदस्य लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको–एन एएनसी एटीआर आइतबार बिहान सेती दोभानमा खसेको थियो ।

उद्धार कार्यमा खटिएका सुरक्षा स्रोतकाअनुसार ११ बजेर ३० मिनेट जाँदासम्म दुर्घटनास्थलबाट ३२ जनाको शव निकालिएको हो ।

पुरानो विमानस्थलको पछाडिपट्टि रहेको सेती नदी दोभानमा जहाज खसेको थियो ।

सम्बन्धित खबर