ePurwa

बैंकिङ कसुर मुद्धामा फरार कनकाईका शिवु सुवेदी पक्राउ


बुधवार, माघ ४, २०७९

झापा । बैंकिङ कसुर मुद्धामा फरार एक प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा कनकाई नगरपालिका वडा नम्बर ४ बस्ने २८ वर्षीय शिवु सुवेदी रहेका छन् ।

उच्च अदालत बिराटनगर इलाम इजलास, इलामको २०७९ असार ८ गतेको फैसला अनुसार बैंकिङ कसुर मुद्धामा उनलाई एक दिन कैद, १ लाख ५ हजार रुपैयाँ जरिवाना र पीडित राहत कोषमा ४ हजार २०० रुपैयाँ जम्मा गर्नुपर्ने सुनाइएको थियो ।

फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले मंगलबार पक्राउ गरेको हो । झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराई अदालतको आदेशले कैद भुक्तानको लागि कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।