ePurwa

उपप्रधानमन्त्री भएर पहिलो पटक गृहजिल्ला आए लिङ्देन, शुसाशन, विकास र तिब्र सेवा प्रवाह दिनु उच्च प्राथमिक्ता रहेको दाबी


आइतवार, माघ ८, २०७९

झापा ।  उपप्रधानमन्त्री बनेपछि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन पहिलो पटक गृहजिल्ला झापा आएका छन्।  उपप्रधान एवम् ऊर्जा, जलस्रोत तथा सिचाई मन्त्री लिङ्देन सरकारमा सहभागी भएर पहिलो पटक गृहजिल्ला पुग्दा झापामा भव्य स्वागत गरिएको छ। लिङ्देनलाई स्वागत गर्न राप्रपाका नेता कार्यकर्ता भद्रपुर विमानस्थल पुगेका थिए ।

लिङ्देनलाई स्वागत गर्न प्रदेश १ का उद्योग, कृषि तथा सहकारी मन्त्री भक्ति सिटौला, राप्रपाका जिल्ला अध्यक्ष केशव ओझा, प्रदेश सांसद सबिना कट्टेल बजगाइ लगायतको टोली विमानस्थल पुगेको थियो। भद्रपुर विमानस्थलमा पत्रकारसंँग कुरा गर्दै उपप्रधान तथा उर्जा, जलस्रोत र सिचाई मन्त्री लिङ्देनले   सरकारको, शुसाशन, विकास र तिब्र सेवा प्रवाह दिनु उच्च प्राथमिक्ता रहेको  बताएका छन् ।

 

सम्बन्धित खबर