ePurwa

दुर्घटनामा ३ जनाको मृत्यु


बिहिवार, माघ १२, २०७९

विराटनगर । मोरङ र सुनसरीको छुट्टा छुट्टै स्थानमा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।

मंगलबार बिहान ९ बजेको समयमा मोरङको बिराटनगर महानगरपालिका-३ ढाट स्थितमा को.३८ प ५३८७ नम्बरको स्कुटर र प्रदेश १-०४-००१ ब ०००७ नम्बरको मोटरसाईकल एकआपसमा ठक्कर लागि दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल चालक धरान उप-महानगरपालिका-८ सुनसरीका ५५ बर्षीय प्रेम बहादुर श्रेष्ठको उपचारको क्रममा विराट मेडिकल कलेजमा मृत्यु भएको हो।

त्यसैगरी मंगलबार साँझ ५ बजे सुन्दरहरैचा नगरपालिका-७ स्थित भित्री सडक खण्डमा को.२ त ७९३७ नम्बरको ट्रयाक्टरबाट लडि घाईते भएका सहचालक सुन्दरहरैचा-७ का २२ बर्षीय श्याम बहादुर मगरको उपचारको क्रममा नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको हो ।

त्यस्तै सुनसरीको ईटहरी-१२ स्थित कोशी लोकमार्गमा प्रदेश १-०४-००१ च ०१९८ नम्बरको पिकअपले साईकल यात्री गढी गाउँपालिका-१ सुनसरीका ६० बर्षीय आनन्द चौधरीलाई ठक्कर दिंदा घाईते भएका चौधरीको उपचारको क्रममा धरान घोपामा मृत्यु भएको हो ।

घटना सम्वन्धमा प्रहरीले थप अनुसन्धान भईरहेको जनाएको छ ।

सम्बन्धित खबर