ePurwa

३८ राउण्ड हवाइ फायर, झडपमा ४६ जना घाइते


आइतवार, जेठ १४, २०८०

विराटनगर । कोशी प्रदेश खारेजीको माग राख्दै विराटनगरस्थित प्रदेश सभाअगाडि प्रर्दशन गर्ने क्रममा प्रहरी र पहिचान पक्षधरबीच भएको झडपमा परी ४६ जना घाइते भएका छन् ।

देवकोटा चोकबाट निषेधित क्षेत्र तोड्न खोजेपछि प्रदर्शनकारीलाई प्रहरीले रोक्न खोजेको थियो । त्यसक्रममा झडप भएको थियो । झडपमा परी १६ जना प्रर्दशनकारी र ३० जना प्रहरी घाइते भएका छन् ।

प्रहरीले भिड नियन्त्रण लिन ३८ राउण्ड हवाइ फायर र ७४ सेल अश्रुग्यास प्रहार गरेको मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले जानकारी दिए । भीडलाई तितरबितर बनाउन प्रहरीले पानीको फोहरा पनि हानेको थियो । कोशी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि सुरु भएको छ । प्रदेशको नाम गत फागुन १७ गते कोशी राखेसँगै पहिचानवादीले आन्दोलन सुरु गरेका थिए । त्यसपछि प्रदेशसभाको बैठक आज बसेको हो । वैठकमा सांसद्हरुले आन्दोलनकारीसँग वार्ता गरी समस्या समाधान गर्न सरकारको ध्यानार्कषण गरेका थिए ।

सम्बन्धित खबर