ePurwa

अमर नकआउट फुटबल प्रतियोगिता : डि एफ सी सेमिफाइनलमा प्रवेश


आइतवार, फागुन १३, २०८०

बुद्धशान्ति । डि एफ सी क्लब यहाँ जारी प्रथम अमर नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बुद्धशान्ति ४ स्थित गणेश माविको खेल मैदानमा आज भएको दोस्रो क्वाटरफाइनल खेलमा मोरङ्गको इस्ट स्टार्ट एफसी ४–० गोलले पराजित गर्दै डि एफ सी बाहुनडाँगीले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

 डि एफ सीको जितका लागि खेलको १७ मिनेटमा पुजन राइले पहिलो गोल गरेका थिए । खेलको २०,४० र थपिएको अतिरिक्त समयमा निसान प्रधानले गरेको ह्याट्रीक गर्दै बलियो जित दर्ता गराए । निर्धारीत समय सम्म इस्ट स्टार्ट एफसीलागि गोल गर्न नसक्दा टिम प्रतियोगीताबाट बाहिरिएको छ । खेलको म्यान अफ दी म्याच डि एफसीका निसान प्रधान घोषित भए । उनले नगद २ हजार र ट्रफी पाए ।

फागुन १२ गतेदेखी १९ गतेसम्म जारी प्रतियोगितामा झापा र इलाम गरी ८ वटा टिमले सहभागी जनाउने प्रतियोगिताको प्रथम पुरस्कार ५० हजार नगद, मेडल र ट्रफी रहेको छ । त्यस्तै उपविजेताले ३० हजार नगद र मेडल र ट्रफि पाउने उपाध्यक्ष गणेश बहादुर डाँगीले बताएका छन् । प्रत्येक खेलको म्यान अफ दि म्याच, उत्कृष्ट गोल किप्पर, खेलाडीलाई समेत पुरस्कृत गरिने छ ।

सम्बन्धित खबर