ePurwa

अमर नकआउट फुटबल प्रतियोगिता : आदर्शको जितमा दिवशको ह्याट्रिक


सोमवार, फागुन १४, २०८०

बुद्धशान्ति । बिर्तामोडको आदर्श एकडेमी यहाँ जारी प्रथम अमर नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बुद्धशान्ति ४ स्थित गणेश माविको खेल मैदानमा आज (सोमबार) भएको तेस्रो क्वाटरफाइनल खेलमा अर्जुनधाराको लक्ष्मीधाप एफसीलाई ७–३ गोल अन्तरले पराजित गर्दै आदर्श एकडेमीले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

निकै प्रतिस्पर्धात्मक खेलमा लक्ष्मीधाप एफसीले सुरुवाती अग्रता बनाएपनी नतिजा आफ्नो पक्षमा पार्न सकेन । आदर्शको जितका लागि दिवस बास्तोलाले ३ गोल गर्दै ह्याट्रिक पुरा गरे भने साहिल धिमालले २, पवन बास्के र समिर हेमरनले गरेको १ ÷१ गोलले  जित निश्चित बनाएको थियो ।

त्यस्तै लक्ष्मीधाप एफसीका लागी रोहन राईले व्यत्तिलगत २ गोल कृितन विसुङ्ख सुजन विस्वकर्मा १ ÷१ गोल गरे पनि जितका लागी पर्याप्त बन्न नसक्दा प्रतियोगीताबाट बाहिरीएको छ । खेलमा ह्याट्रिक गरेका दिवस बास्तोलाले म्यान अफ दि म्याच बन्दै नगद १ हजार प्राप्त गरे ।

अमर युवा क्लबको आयोजनामा फागुन १२ गतेदेखी १९ गतेसम्म जारी प्रतियोगितामा झापा र इलाम गरी ८ वटा टिमले सहभागी जनाउने प्रतियोगिताको प्रथम पुरस्कार ५० हजार नगद, मेडल र ट्रफी रहेको छ । त्यस्तै उपविजेताले ३० हजार नगद र मेडल र ट्रफि पाउने उपाध्यक्ष गणेश बहादुर डाँगीले बताएका छन् । प्रत्येक खेलको म्यान अफ दि म्याच, उत्कृष्ट गोल किप्पर, खेलाडीलाई समेत पुरस्कृत गरिने छ ।