ePurwa

बुद्ध आदर्श माविको प्रधानाध्यापकमा दिपक बुढाथोकी


आइतवार, साउन २७, २०८१

बुद्धशान्ति । बुद्ध आदर्श माध्यमिक विद्यालय बुद्धशान्ति–१ झापाको प्रधानाध्यापकमा शिक्षक दिपक बुढाथोकी नियुक्ति भएका छन् ।

विद्यालय व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले प्रधानाध्यापकमा बुढाथोकीलाई नियुक्ति गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनोरथ तिवारीले बताएका छन् । विं.सं २०४५ सालदेखी सोही विद्यालयमा अध्यापन गराउँदै आएका बुढाथोकी यसअघि सहायक प्रधानाध्यापकका रुपमा रहेका थिए ।

उनलाई शुक्रबार समितिको बैठक पश्चात स्वागत सम्मान गरिएको थियो । उक्त कार्यक्रममा विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष राजेन्द्र राई, पदेन सदस्य जनप्रतिनिधि लक्ष्मी कडेल, समितिका पदाधिकारी , शिक्षक प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित खबर