ePurwa

अर्जुनधारामा पसल फोड्ने तीनजना बन्दुकसहित पक्राउ


आइतवार, साउन २७, २०८१

बिर्तामोड। झापाको अर्जुनधारा नगरपालिका–७ मिलडाँडामा पसल फुटाएर चोरी गर्ने तीनजना पक्राउ परेका छन् । उनीहरुको साथबाट चोरी भएको सामानसहित भरुवा बन्दुक भेटिएको प्रहरीले जनाएको छ ।

मिलडाँडाका इन्दिरा अधिकारीले सञ्चालन गरेको किराना पसलमा ताला फुटाएर चोरी गरेका उनीहरुबाट चोरीका सामानसहित भरुवा बन्दुक र खुकुरी बरामद भएको हो ।

प्रहरी चौकी शनिश्चरेका होमप्रसाद खनालको टोलीले अर्जुनधारा–४ का आदित्य लिम्बू, छिरिङ तामाङ र निखिल तामाङलाई पक्राउ गरेको हो । प्रहरीले छिरिङ तामाङको घरबाट भरुवा बन्दुक बरामद गरेको जनाएको छ ।

उनीहरुको साथबाट चाँदीको सिक्री–२ थान, नेपाल टेलिकमको ५० रुपैयाँ दरको रिचार्ज कार्ड १९ थान, चाँदीको औठी २ थान, चाँदीको पाउजु २ थान र एनसेल कम्पनीको ५० रुपैयाँ दरको रिचार्ज कार्ड ५ थान भेटिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर