काठमाडौं । वसन्त निरौला निर्देशित फिल्म ‘ज्वाइँ साब’को यतिबेला धमाधम सम्पादनको काम चलिरहेको छ । फिल्मको प्रदर्शन मिति चाँडै तय गर्ने तयारीमा निर्माता छन् ।
यसैबीच, फिल्मका लागि एक रोमान्टिक गीत रेकर्ड गरिएको छ । ‘कसम बत्तीको’ बोलको गीतमा गायक निशान भट्टराई र गायिका समीक्षा अधिकारीले स्वर भरेका छन् ।
यही एउटा गीतको छायांकन बाँकी राखेर अन्य छायांकन सकिएको निर्माताले जनाएका छन् । राजकुमार पण्डितको प्रस्तुतिमा तयार भएको फिल्ममा मीनादेवी खड्का, सौगात पण्डित र पदमलाल तामाङको लगानी छ ।
फिल्ममा बुद्धि तामाङ, शिशिर बाङ्देल, प्रकाश घिमिरे, रमेश वुढाथोकी, नीमा पाण्डे, हिमेश पन्त, शिवहरि वैरागी, राजेन्द्र नेपाली, कविता आले, शिवु पाण्डे लगायत कलाकारको अभिनय छ ।