ePurwa

अर्जुनधाराका विवेक गिरीलाई पुम्सेमा स्वर्ण


मङ्गलवार, साउन २९, २०८१

शनिश्चरे । थाइल्याण्डको बैंककमा आयोजित सातौँ हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपअन्तर्गत झापा अर्जुनधाराका विवेक गिरीले स्वर्ण पदक जितेका छन् ।

गिरीले पुम्से प्रदर्शनमा स्वर्ण जितेका हुन् । स्वर्ण जित्नका लागि उनले तीन राष्ट्रका खेलाडीसँग प्रतिस्पर्धा गर्नु परेको प्रशिक्षक दिपेन दनुवारले जानकारी दिए । आइतबार नै सम्पन्न २९-३२ तौल समूहको प्रतिस्पर्धामा अर्जुनधाराका प्रिजन नेम्वाङले कास्य पदक जितेका छन् ।

प्रिजन नेम्वाङले ४५ वटा देशका खेलाडीलाई पराजित गर्दै उक्त पदक आफ्नो बनाएका हुन् । झापाको अर्जुनधाराबाट चार खेलाडीसहित ५ जना थाइल्याण्ड गएका थिए ।

प्रतियोगिताको पहिलो दिन शैलेश तामाङले स्वर्ण र सम्यत थापाले रजत पदक जितेका थिए । शनिश्चरे तेक्वान्दो डोजाङका उत्पादन तामाङले ५१-५५ केजी र थापाले ५६ केजी तौलमाथिको समूहमा प्रतिस्पर्धा गरेका थिए ।

सम्बन्धित खबर