ePurwa

श्रीमतीको हत्या अभियोगमा पक्राउ परेका श्रीमानको भिरबाट लडेर मृत्यु


शुक्रवार, साउन ३२, २०८१

ताप्लेजुङ । ताप्लेजुङको सिरिजङघामा श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ परेका अभियुक्तको भिरबाट लडेर मृत्यु भएको छ ।

सिरिजङघा गाउँपालिका-७ का ५३ बर्षिय खड्ग गुरुङको भिरबाट लडेर मृत्यु भएको हो । उनलाई प्रहरी चौकी खेवाङको टोलीले श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ गरेको थियो । प्रहरी सहायक निरिक्षक निमा शेर्पा नेतृत्वको टोलीले पक्राउ गरेर गुरुङलाई ल्याउदै गर्दा सोही ठाउको आपडाँडा भन्ने स्थानमा भिरबाट लडेका थिए ।

सामान्य घरायासी विवाद हुदा श्रीमती कमला राई माथि कुटपिट गर्दा उनकाे पाखुरा र छातीमा चाेट लागेको थियो ।  उपचारका लागि स्वास्थ चौकी सुरुमखिममा सामान्य उपचार पश्चात् थप  उपचारकाे लागि बिर्तामोड लगिएकोमा त्यहाँ उपचार गराउने क्रममा बिहीबार बिहान उनको निधन भएको थियो ।

त्यसपछि मृतककाे श्रीमान खड्ग गुरुङलाई पक्राउ गरेर अनुसन्धान गर्न ल्याउने क्रममा बाटोमा चिप्लियर भिरबाट खसेका थिए । उनी करिव ४० मिटर तल झर्दा घटनास्थलमा नै मृत्युु भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर