झापा । कर्जा प्रवाहमा सकस बेहोरिरहेका वाणिज्य बैंकहरूले भदौमा पनि निक्षेपको ब्याजदर घटाएका छन् । साउनको भन्दा भदौमा अझ धेरै बैंकहरूले ब्याजदर घटाएका हुन् ।
भदौका लागि १२ वटा बैंकहरूले साउन महिनाको तुलनामा ब्याज घटाएका छन् । छवटा बैंकले भने साउन महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । साउनको तुलनामा दुईवटा बैंकले मात्रै भदौमा ब्याजदर बढाएका छन् ।