ePurwa

ताप्लेजुङ गोल्डकपः पाँचथर एफसि र सलहेस युवा क्लब भिड्दै


मङ्गलवार, भदौ ४, २०८१

ताप्लेजुङ – अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपको दोश्रो संस्करणमा छिमेकी जिल्ला पाँचथर फुटबल क्लब र सलहेस युवा क्लब सिरहाबीच प्रतिष्पर्धा हुदैछ ।

दुबैटीम आजको प्रतियोगिताबाट बिजयी हुँदै सेमिफाईनलमा प्रवेश गर्ने लक्ष्यका साथ मैदान प्रबेश गर्दैछन् । लाखेजात्रा पर्वको अवसरमा लाखेजात्रा सञ्चालन समितिद्वारा भानुजन माद्यमिक बिद्यालयको प्राङगणमा आयोजित खेलमा ताप्लेजुङका एक सहित ८ ओटा टीमले सहभागीत जनाउँदैछन् । सहभागी टीमहरु ४ ओटा प्रदेशका ७ र बाँकी एउटा भारतको क्लब रहेका छन् ।

आजको खेलमा बिजेता बन्ने टीमले भाद्र ६ गते हुने काठमाडौँ र झापाबीचको बिजेतासँगको भेट पक्का गर्नेछ । प्रतियोगिताको बिजेता नगद ५ लाख उपबिजेताले २ लाख ५० हजार ५ सय ५५ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्ने भएका छन् । खेलका विभिन्न बिधामा उत्कृष्ट बन्ने खेलाडीलाई समेत उचित पुरस्कारको ब्यबस्था गरिएको आयोजकले जनाएको छ ।

क्वाटर फाईनलका चारओटा खेलमा प्रत्येक दिन १ सय रुपैयाँ टिकटको ब्यबस्था गरिएको छ । सेमिफाईनलमा २ सय र फाईनलमा २ सय ५० रुपैयाँका दरले टिकटको ब्यवस्था गरिएको हो । गोल्डकप सम्पन्न गर्न विभिन्न चुनौतीका बाबजुत दर्शकका सुबिधाका लागि अस्थायी प्याराफिट समेत निर्माण गरिएको छ । सो कारण सबै दर्शकले टिकट काटेर खेल अवलोकन गरि सहयोग गरिदिनहुन आयोजकले आग्रह गरेको छ ।

सम्बन्धित खबर