झापा । विभिन्न काण्ड तथा घटनामा पटकपटक विवादमा आइरहने झापाका विवादित पत्रकार पुजन घिमिरे पक्राउ परेका छन् । घिमिरेमाथि शारिरिक रुपमा अशक्त रोङ–६ इलामका एक व्यक्तिलाई निर्घात कुटेको आरोप छ ।
प्रहरीले घिमिरेसहित ५ जनामाथि अभद्र व्यवहारको मुद्धामा जिल्ला प्रशासन कार्यलय इलामबाट म्याद लिएर अनुसन्धान गरिरहेको जनाएको छ । रोङ–६ सलकपुर इलाम स्थायी घर भएका घिमिरे र सोही ठाउँका देवेन्द्र खड्कालाई इलाका प्रहरी कार्यलय पशुपतिनगरबाट खटिएको टोलीले शुक्रबार साझँ झापाको बिर्तामोडबाट प्रक्राउ गरेको हो । अन्य तीन आरोपितहरु सोही ठाउँका भुवन गहतराज, मणी तामाङ र डिल्लीराम सापकोटा भने यसअघि नै पक्राउ परिसकेको इप्रका पशुपतिनगरका प्रहरी निरीक्षक छे फिन्जो भोटेले जानकारी दिनुभयो ।
घटना विवरण अनुसार गत कार्तिक १६ गते ११ बजे रोङ–६ सलकपुर इलामका किरण भन्ने वीरबहादुर वाइवाको घरमा घिमिरेसहित ५ जनाको टोली देउसी खेल्ने बहानामा पुगेका थिए । दुर्घटनामा परेर अशक्त भएका वाइवालाई घरभित्र सुतिरहेको अवस्थामा भित्रै प्रवेश गरि उठाएर बाहिर निकालेका थिए । बाहिर निकालेर अध्याँरो कुनामा लगेर सामुहिक रुपमा मरणासन्न हुनेगरि कुटेर भागेका थिए । कुटपिटबाट वाइवाको आँखा, टाउको र खुट्टामा गहिरो चोट लागेको छ । बिर्तामोडस्थित बिएण्सी अस्पतालमा ९ दिनको उपचारपछि वाइवा घर फर्किसकेका छन् ।
प्रहरीले घटना भएकै दिन गत कार्तिक १६ गते डिल्लीराम सापकोटालाई पक्राउ गरेको थियो । त्यसको भोलीपल्ट भुवन गहतराज, मणी तामाङ पक्राउ परेका थिए । घटनापछि घिमिरे र खड्का भने फरार थिए । उनीहरुलाई शुक्रबार बिर्तामोड–५ धिमालचोकस्थित घिमिरेको प्रेमीकाको डेरामा बसेको अवस्थामा प्रहरी प्रक्राउ गर्न पुगेको थियो । घिमिरेको प्रेमी प्रहरीलाई भित्र पस्न अवरोध गर्दै ढोकामा ताला लगाएर निस्किएकी थिइन् । प्रहरीले स्थानीय जनप्रतिनिधीको रोहवरमा ताला फुटाएर घिमिरे र खड्कालाई प्रक्राउ गरेको थियो ।
घिमिरे यसअघि पनि मानिस अपहरण तथा शरिर बन्दक मुद्धामा प्रक्राउ परि अदालतको आदेशमा छुटेका थिए । त्यो भन्दा पहिलो मेचीनगरस्थित जोरसिमलको शसस्त्र प्रहरीको चेकपोष्टमा रकम असुली गर्ने प्रहरीको भिडियो खिचेर बार्गेलिङ्ग गरैको आरोपमा पक्राउ परि जिल्ला प्रशासन कार्यलय झापाले धरौटीमा छोडेको थियो । हाल सामाजिक संजाल फेसबुकमा रातिराति जनप्रतिनिधी, पत्रकार, व्यवसायी र सरकारी कर्मचारीको चरित्रहत्या गर्ने गरि स्टाटस पोष्ट गर्ने गरेका छन् ।
मुलुकी अपराध संहिता, २०७४ को दफा ११८ को उपदफा २ मा अभद्र व्यवहार गर्ने व्यक्तिलाई एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना गराउन सक्ने कानुनी व्यवस्था छ । कानुनतः एक वर्षसम्म कैद सजाय हुने मुद्दाको किनारा प्रमुख जिल्ला अधिकारीले गर्न सक्नेछन् । यद्यपि अभद्र व्यवहारका अधिकांश मुद्दामा आरोपीलाई माफी मगाएर छाडिने गरिएको छ ।