ePurwa

राप्रपाको प्रदेश १ संसदीय दलको नेतामा सिटौला


शनिवार, पौष २३, २०७९

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रदेश १ को संसदीय दलको नेतामा भक्तिप्रसाद सिटौला चयन भएका छन्।  निर्वाचित प्रदेश सदस्यसहित प्रदेश १ अध्यक्ष राम थापाको अध्यक्षतामा बसेको बिशेष बैठकले सांसद सिटौलालाई सर्वसम्मत रुपमा संसदीय दलको नेतामा चयन गरेको हो।

झापा निर्वाचन क्षेत्र नम्बर ४ ‘ख’ बाट प्रत्यक्ष तर्फ निर्वाचित सिटौला राप्रपाका केन्द्रिय प्रवक्ता हुन्।

सांसद सिटौलासहित प्रदेश १ को प्रदेश सभा सदस्यमा राप्रपा तर्फबाट प्रत्यक्षतर्फ सविना बजगाईं तथा समानुपातिक तर्फ अम्बर विष्ट, निमसरी राजवंशी, गोपाल विश्वकर्मा र प्रेमराज थाम्सुहाङ्ग निर्वाचित भएका छन्।

सम्बन्धित खबर