ePurwa

मेरो प्राथमिकता नै संघीय निजामती सेवा ऐन : मन्त्री मोदी


शुक्रवार, माघ १३, २०७९

विराटनगर । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले दुई महिना भित्रैमा निजामती सेवा ऐन संसदमा टेवल गर्ने दावी गर्नुभएको छ ।

विराटनगरमा शुक्रबार प्रेस सेन्टर मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री मोदीले निजामती ऐन आउन नसक्नु कारण बारे अध्ययन गरिरहेको बताउनु भयो । अहिले यसलाई प्राथमिकतामा राखिएको भन्दै मन्त्री मोदीले ऐनले बाँध्ने अवस्था नहुँदा भनसुनको सरुवा, रोजिएको स्थानको सरुवा, निमित्तको भरमा कार्यालय सञ्चालनको स्थिति रहेको बताउनुभयो । उहाँले अब लेनदेन र भनसुनमा कर्मचारीतन्त्र नचल्ने भन्दै यस्तो भएको पाइए कारवाही गरिने जिकिर गर्नुभयो ।

उहाँले अहिलेको अवस्था धान्नका लागि कर्मचारी संख्या बढाउने पक्षमा सरकार नरहेको बताउनुभयो । निजामती ऐनमा उमेर हदको विषय सम्बन्धित क्षेत्रका विज्ञ र राजनीतिक परामर्शमा राखिने बताउँदै मन्त्री मोदीले सरकार सञ्चालनका लागि सहज कर्मचारी प्रशासनको अवधारणमा समेत छलफल भईरहेको जानकारी दिनुभयो ।

सम्बन्धित खबर