ताप्लेजुङ । ताप्लेजुङमा एक किशोरीलाई जबरजस्ती करणी गर्न खोज्ने युवक पक्राउ परेका छन् । विद्यालयबाट घर फर्किँदै गरेकी किशोरी (छात्रा) लाई बाटोमै जबरजस्ती करणी गर्न खोज्ने फुङ्लिङ नगरपालिका १० फुरुम्बुका २० वर्षीय विक्रम तामाङ पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक कमलकुमार लुङ्गेलीका अनुसार १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गर्न खोजेको अभियोगमा तामाङलाई पक्राउ गरिएको हो । चिच्याएको थाहा पाएपछि नजिकका स्थानीय तत्काल घटनास्थल पुगेकाले किशोरीमाथि जबरजस्ती करणी हुन नपाएको बताइएको छ ।
तामाङ भने त्यहाँबाट फरार भएको र खोजी गर्ने क्रममा साँझ ६ः३० बजेतिर गोठमा बाँधेको भैँसीलाई करणी गरिरहेको अवस्थामा स्थानीयले फेला पारी नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए ।
तामाङविरुद्ध मुलुकी अपराधसंहिता, २०७४ को परिच्छेद १८ अन्तर्गत जबरजस्ती करणी उद्योग र पशु करणी कसुरमा जिल्ला अदालतबाट सात दिने म्याद लिई हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक लुङ्गेलीले जानकारी दिए ।