काठमाडौँ । नेपाल राष्ट्र बैंकको थापाथलीस्थित निर्माणाधीन भवनको भल्ट र सो सँग सम्बन्धित सुरक्षा प्रणाली व्यवस्थापनको जिम्मेवारी बतास ग्रुपले पाएको छ ।
निर्माणाधीन भवनका लागि आवश्यक भल्ट र सोसँग सम्बन्धित सेक्युरिटी सिस्टम खरिद गर्न जागरी गरिएको बोलपत्रमा परेको दरखास्तहरूमध्ये कम बोलकबोल गर्ने र योग्य कम्पनीको रूपमा बतास ट्रक्टर्स प्रालि गैरीधारा, काठमाडौँलाई छानिएको राष्ट्र बैंकले जनाएको छ । उक्त कम्पनी बतास ग्रुप अफ कम्पनी अन्तरगतको सिस्टर कम्पनी हो ।