ePurwa

साउनको अन्तिम सोमबार झापाका शिवालयमा भक्तजनको घुइँचो


सोमवार, साउन २८, २०८१

झापा । आज साउनको अन्तिम सोमबार झापासहित देशभरका शिवालयमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ ।  काठमाडौँको पशुपतिनाथ, झापाको अर्जुनधारा जलेश्वरधाम, कनकाई माईधाम लगायतका शिवालयमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको हो । साउने सोमबारको पूजाआजा गर्न आएका दर्शनार्थी तथा बोलबम यात्रामा निस्केकाहरूका लागि बिहानदेखि नै मन्दिरमा सहज रूपमा दर्शनको व्यवस्था मिलाएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

साउन महिना र सोमबार भगवान् शिवजीको महिना र बार भएकाले पनि शिवालयहरुमा धेरै भक्तजनको घुइँचो लाग्ने गर्दछ । यसैगरी, गोकर्णेश्वर, सन्तानेश्वर, डोलेश्वर, किरातेश्वर, भालेश्वरसहित, काभ्रेपलाञ्चोकको साँगा, तनहुँको देवघाट, म्याग्दीको गलेश्वरलगायत शिवालयमा भक्तजनले बिहानैदेखि स्नान गरी महादेवको पूजा आराधन गरिरहेका छन् । साउनको सोमबार भगवान शिवको पूजआरधना गर्नाले मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।