ePurwa

विदेशमा लगानी गर्न राष्ट्र बैंकले कडाई गर्यो, तोकिएको व्यवस्थाविपरित लगानी गरे कार्वाही गर्ने चेतावनी


आइतवार, माघ १, २०७९

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशमा लगानी गर्न प्रतिबन्ध गरेको छ । शुक्रबार एक सूचना जारी गर्दै राष्ट्र बैंकले विदेशमा कानुनले तोकिदिएको व्यवस्थापनबमोजिम बाहेकका कुनै पनि प्रकारको लगानी गर्न नपाइने जनाएको हो ।

नेपालमा बसेर विदेशका विभिन्न क्षेत्रमा लगानी गर्नेहरु बढेपछि राष्ट्र बैंकले विदेशी लगानीमा कडाई गरेको हो ।

‘नेपालमा बसोबास गर्ने कुनै पनि व्यक्तिले तोकिएको व्यवस्थाबमोजिम बाहेक विदेशमा भुक्तानी हुनेसम्बन्धी कार्य नगर्न/नगराउन एवम् त्यस्तो कार्य गर्ने/गराएको पाइएमा प्रचलित कानुनबमोजिम कार्वाही हुनेछ ।’ – सूचनामा उल्लेख गरिएको छ ।

योसँगै अब नेपामा बसेर विदेशमा घर जग्गा, धितोपत्र, सम्पत्ति खरिद गर्न, विदेशी बैंक तथा वित्तीय संस्थामा निक्षेप जम्मा लगायतका पुँजीगत प्रकृतिका कारोबार गर्न नपाइने भएको छ ।

विदेशी विनिमय ९नियमित गर्ने० ऐन २०१९ को दफा १२ ले दिएको अधिकार प्रयोग गरी बैंकले सूचना प्रकाशित गरेको हो । नेपालमा बसोवास गर्ने कुनै पनि व्यक्तिले कुनै पनि प्रकारको विदेशमा लगानी गर्न नपाउने राष्ट्र बैंकले जनाएको छ ।

सम्बन्धित खबर