ePurwa

झापाबाट सुन जस्तो धातु देखाएर रकम ठगी गर्ने पक्राउ


शनिवार, पौष २३, २०७९

झापा । सुन जस्तो देखिने पहेलो धातु देखाएर ठगी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । झापा मेचीनगर नगरपालिका वडा नम्बर–९ को रोशनकुमार गजमेरले सञ्चालन गरेको हनुमान ज्वेलर्सबाट सुन जस्तो धातु देखाएर रकम ठगी गर्ने दिनेश श्रेष्ठ भन्ने शेरबहादुर बराईलीलाई प्रहरीले पक्राउ गरेको हो ।

ईलाम फाक्फोकथुम गाउँपालिका–७ घर भई हाल बिर्तामोड–५ बस्दै आएको २६ बर्षिय बराईलीले सुन जस्तो देखिने पहेलो धातुको बेरुवा औठी २ थान (तीन तोला) देखाई एकलाख ८० हजार राखेर १० हजार रुपैयाँ पछि लिने बहानामा  एकलाख ७० हजार ठगी गरेको प्रहरीले जनाएको छ ।

एक लाख ७० हजार रुपैयाँ ठगी गरेको जानकारी प्राप्तपछि प्रहरी टोलीले खोजतलास गर्ने क्रममा सोही स्थानमा बाँकी पैसा लिन आउँदा प्रहरीले बराइलीलाई पक्राउ गरेको हो । पक्राउ गरिएका उनलाई ईलाका प्रहरी कार्यालय धुलाबारीमा राखेर थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सम्बन्धित खबर