ePurwa

बिर्तामोडमा फागुन ५ देखि औद्योगिक व्यापार महोत्सव हुने


मङ्गलवार, माघ ३, २०७९

झापा  : बिर्तामोड उद्योग वाणिज्य संघको आयोजनामा बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव २०७९ हुने भएको छ । संघले आज सोमबार संघको सभाहलमा पत्रकार सम्मेलन  आयोजना गरेर महोत्सवबारे जानकारी दिएको हो ।

महोत्सव मूल आयोजक समितिका संयोजक तथा संघको वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेले देशव्यापी आर्थिक संकट र मन्दीका बीच व्यवसायिक क्षेत्रको विकासका लागि महोत्सव आयोजना गर्न लागिएको बताए ।

फागुन ५ गतेबाट १५ सम्म आयोजना हुने महोत्सवमा २५० स्टल रहने व्यवस्था गरिनेछ । तीन लाख दर्शकले महोत्सव अवलोकन गर्ने अनुमान गरिएको पनि उनले बताए ।

संघका अध्यक्ष प्रकाश शिवाकोटीले महोत्सवमा ४५ करोड बराबरको कारोवार हुने अनुमान गरिएको बताए । महोत्सव  बिर्तामोडको रामचोक नजिक राजमार्गसँग जोडिएको खालीस्थानमा लाग्ने संघका अध्यक्ष शिवाकोटीले जानकारी दिए ।  महोत्सवमा भारत, बंगलादेश र पाकिस्तानका उद्यमी पनि सहभागी हुने सघंका महासचिव अर्जुन मैनालीले जानकारी दिए ।

यसअघि २०७५ माघमा पनि संघले बिर्तामोडमा महोत्सव आयोजना थियो । नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य उमेश डालमिया तथा प्रदेश १ सदस्य कुमार भट्टराईले शिथिल भएको व्यापार व्यवसायलाई बढावा दिने उद्देश्यले महोत्सव आयोजना हुनु सुखद भएको बताए ।

सम्बन्धित खबर