ePurwa

`मुन्द्रेको कमेडी क्लब´मा अब प्रियंका अध्यक्ष


बिहिवार, पौष २१, २०७९

झापा । कमेडि शो ‘मुन्द्रेको कमेडी क्लब´मा नायिका  प्रियंका कार्की अध्यक्षको भूमिकामा देखिने भएकी छन् । शो को नयाँ संस्करणमा प्रियंकालाई निर्माण टिमले अध्यक्षको भुमिकामा देखाउन लागेको हुन् ।

प्रियंकालाई लिएर जितु नेपालले बुधबार महाराजगञ्जको एक ब्याङ्क्वेटमा कार्यक्रमको प्रोमो छायांकन गरिसकेका छन् ।  यस अघीका सिजनमा कलाकार दिपाश्री निरौला र करिश्मा मानन्धर्ले अध्यक्षको भुमिका निभाइ सकेका छन् । दमन रुपाखेतीसहितका कलाकारले यो कार्यक्रमको तेस्रो सिजनमा प्रवेश गरेका छन् ।

दमनसहित श्याम राना, दिनेश काफ्ले, राजेन्द्र नेपाली ‘लट्टे’, प्रभात लामा र एलिना बास्कोटा ‘सान्नानी’ यो कार्यक्रममा देखिनेछन् ।

सम्बन्धित खबर