ePurwa

इलाममा बुबाको हत्या गरी फरार रहेका छोरा पक्राउ


शनिवार, जेठ १९, २०८१

इलाम । इलाममा बुबाको हत्या गरी फरार रहेका छोरा पक्राउ परेका छन् । इलामको माई नगरपालिका–१० ढोडेनीका ६६ वर्षीय दिलबहादुर राईको हत्या गरी फरार रहेका ३५ वर्षीय रामबहादुर राईलाई शुक्रबार पक्राउ गरिएको हो । रामबहादुरलाई माई नगरपालिका–१० ढोडेनी जंगलमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक प्रकाश जवेगूले जानकारी दिए । ‘उनीमाथि थप अनुसन्धान सुरु गरेका छौँ’, उनले भने ।

घरायसी विवादमा रामबहादुरले बुबा दिलबहादुरलाई चिर्पटले हिर्काएर सख्त घाइते बनाएका थिए । उनको उपचारका लागि बिर्तामोड अस्पताल ल्याउँदा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर