ePurwa

बिर्तामोडकी विष्टको हत्या आरोपमा दुई जना पक्राउ


बिहिवार, जेठ १७, २०८१

झापा । बिर्तामोड ४ कालिकानगर निवासी ६८ वर्षीया विष्णुमाया विष्टको हत्या आरोपमा दुई जनालाई प्रहरीले पक्राउ परेको छ ।

बिष्टको हत्या भएको २० दिनपछि घटनामा संलग्न भएको आरोपमा आज प्रहरीले बिर्तामोडका गंगा चौधरी र अर्का एक जनालाई पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ । त्यसबारे जानकारी दिन आज जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरिने जनाइएको छ ।

‘आज जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी अभियुक्त सार्वजनिक गर्छौ’, झापा प्रहरी प्रमुख एसपी मिलन केसीले भने । गत वैशाख २६ गते झापाको बिर्तामोड ४ स्थित कालिकानगरमा मध्यरातमा आफ्नै घरभित्रै विष्णुमाया विष्टको हत्या भएको थियो ।

 

हत्याराको खोजीका लागि प्रहरीको चार वटा टोली लगातार खटिएका थिए । कुनै सुराक फेला पार्न नसकेका कारण आरोपी केही ढिला पक्राउ परेको प्रहरी स्रोतको दाबी छ । घटना भएपछि सिआइबीको टोली, प्रदेश टोली, जिल्ला प्रहरी र इलाका प्रहरी कार्यालय बिर्तामोडको गरी चार वटा टोलीले संयुक्त अनुसन्धान गरिरहेका थिए ।

 

वैशाख २६ गते घरमा एक्लै भएको अवस्थामा विष्ट मृत अवस्थामा भेटिएकी थिइन् । उनको खन्तीले हानेर हत्या गरिएको थियो । प्रहरीले घटनाको अनुसन्धानका लागि धरानबाट प्रहरी कुकुरसमेत मगाएको थियो । कुकुरले घरको पश्चिम दक्षिणतर्फ केही सङ्केत दिए पनि लिटल फ्लावर्स स्कुल दक्षिण पुगेपछि अलमलिएको थियो ।

सम्बन्धित खबर