ePurwa

महाभारा उपन्यास अब मञ्चित हुने


बिहिवार, पौष २१, २०७९

फिक्कल । लेखक तथा पत्रकार वसन्त बस्नेतको उपन्यास ‘महाभारा’मा आधारित नाटक ‘महाभारा’ बुधबारदेखि मञ्चन हुने भएको छ । चेतना नाट्य समूहले नारी विकास सभागृह इलाममा पुस २० देखि ३० गतेसम्म नाटक मञ्चन गर्न लागेको हो ।

निर्देशक अन्वेश थुलुङ राईका अनुसार पूर्वी पहाडकै गाउँ–घरको कथावस्तुमा आधारित उपन्यासलाई कलात्मक अभिनयका माध्यमबाट सबैमा पुर्‍याउने प्रयासले यसलाई नाटकीय रूप दिन लागिएको हो ।

भावना मगर, प्रकाश मगर, आशिका सक्तेन, गोपीराज लिम्बू, दर्शन सरकार, सुशान्त चापागाईँ, कृष्ण मगर, प्रतिमा रिजाल, मोहन राई, रचना नेम्बाङ, मनिष विक, रोजन गुरुङ, विमला रानामगर र तेज मगरसहित नाटकमा १५ जनाको अभिनय रहनेछ ।