ePurwa

७ सचिवको सरुवा गर्ने मन्त्रिपरिषद बैठकको निणर्य


शनिवार, पौष २३, २०७९

काठमाडौं । सरकारले ७ जना सचिवहरुको सरुवा गरेको छ । आजको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, अर्थ, उद्योग वाणिज्य तथा आपूर्ति र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिवहरुको सरुवा गरेको हो ।

अर्थसचिव कृष्णहरि पुष्कर कर्णलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सरुवा गरिएको छ । राजस्व सचिव रामेश्वर दंगाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा हुनुभएको छ । उहाँले गृह प्रशासनमा रहेर अख्तियारको महाशाखा प्रमुखको जिम्मेवारी निभाइसक्नु भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा रहनुभएका कानून सचिव धनराज ज्ञवालीलाई कानून मन्त्रालयमा सरुवा गरिएको छ । कानुन सचिव उदयराज सापकोटा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सरुवा हुनुभएको छ । अघिल्लो सरकारको अन्तिम मन्त्रिपरिषद बैठकले ज्ञवाली र सापकोटाको जिम्मेवारी हेरफेरको निर्णय गरेपनि कार्यान्वयन भएको थिएन ।

मन्त्रिपरिषदले वाणिज्य मन्त्रालयका सचिव तोयम रायालाई अर्थ मन्त्रालयमा सरुवा गरेको छ । हाल अख्तियारमा रहेका सचिव डा। रामप्रसाद घिमिरेलाई राजस्व सचिव बनाइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव मधु मरासिनीलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको वाणिज्यमा सरुवा गरिएको छ ।

सम्बन्धित खबर