ePurwa

हल्दिबारी ५ द्धारा अपाङ्ग बिशेष कार्यक्रम अन्तरगत २ जनालाई व्हील चियर वितरण


सोमवार, पौष २५, २०७९

हल्दिबारी । झापाको हल्दिबारी गाउँपालिका वडा नम्बर ५ ले वडा कार्यालयको अपाङ्ग बिशेष कार्यक्रम अन्तरगत दुई जना अपाङ्गता भएकालाई व्हील चियर वितरण गरेको छ ।

वडा कार्यालयले अपाङ्गता भएका ४५ बर्षिय थुमबहादुर फूयाल र २० बर्षिय चेसुङ लावतीलाई व्हील चियर वितरण गरेको हो । अपाङ्ग फूयाल र लावतीलाई २१ हजार रुपैयाँ बराबरको व्हील चियर बितरण गरेको वडा सचिव भजन संग्रौलालले जानकारी दिए ।

वडा कार्यालयमा अपाङ्गता भएका परिवारका ब्यक्तिहरुलाई व्हील चियर बितरण गरिएको जनाइएको छ । वडाध्यक्ष खड्गबहादुर लावती, वडा सदस्य विजय फागो र शिवमाया मगरले अपाङ्गता भएका परिवारलाई व्हील चियर वितरण गरेको वडा सचिव संग्रौलालले बताए ।

सम्बन्धित खबर