ePurwa

अर्जुनधारामा श्रीमानको लात्ती प्रहारबाट श्रीमतिको मृत्यु


बुधवार, पौष २७, २०७९

झापा । भोजपुरको अरुण गाउँपालिका वडा नं. १ घर भई हाल झापाको अर्जुनधारा नगरपालिका वडा नं. ९ खरबन्दि स्थित बिरबहादुर भुजेलको घरमा डेरा गरी बस्ने एक ब्यक्तिले श्रीमतिलाई लात्ती प्रहार गर्दा मृत्यु भएको छ ।

अन्दाजी ३५ बर्षिय बिश्वराज घिसिङले  उनकी श्रीमति ३६ बर्षिया प्रमिला भुजेल घिसिङलाई खाना नपकाएको कारण झै–झगडा गरेर लात्ती प्रहार गर्दा पेटमा लागेर श्रीमतीको सोही स्थानमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

लात्ती प्रहार गर्ने श्रीमान घिसिङलाई नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय अनारमनी झापामा राखेर थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सम्बन्धित खबर