ePurwa

झापामा आगो ताप्ने क्रममा जलेकी बृद्धाको उपचारको क्रममा मृत्यु


बुधवार, पौष २७, २०७९

झापा । झापाको कचनकवल गाउँपालिका वडा नम्बर १ कुटीकी ७० बर्षिया हेमप्रभा माझीको आगो ताप्ने क्रममा जलेर मृत्यु भएको छ ।

गत आइतवार घर बाहिर पराल बालेर आगो ताप्ने क्रममा अचानक शरिरको विभिन्न भागमा जलेर घाईते भएकी उनको उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाईएकोमा मंगलबार (आज)  उपचारको क्रममा मृत्यु भएको हो ।

घटनाको सम्बन्धमा सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।