ePurwa

‘बी’ डिभिजन लिग चैत १५ बाट


बुधवार, पौष २७, २०७९

काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबल चैत १५ गतेबाट सुरु हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) र ‘बी’ डिभिजन क्लबबीच मंगलबार बसेको बैठकले चैत १५ गतेबाट लिग गर्न सहमति भएको हो ।

एन्फाले ‘बी’ लिग क्लबलाई दिदै आएको तयारी खर्च समेत बढाएको छ । एन्फाले तयारी खर्च बापत क्लबलाई १४ लाख ५० हजार दिने निर्णय गरेको छ ।

क्लबले माघ २९ गतेसम्म नाम दर्ता गर्नुपर्ने एन्फाले जनाएको छ । त्यस्तै चैत ७ गतेसम्म क्लबले कम्तिमा २० खेलाडीको नाम दर्ता गर्नु पर्नेछ ।

सम्बन्धित खबर