ePurwa

इनपा द्वारा कृषकलाई कृषि यान्त्रिक सामाग्री बितरण


बुधवार, पौष २७, २०७९

इलाम । इलाम नगरपालिकाले कृषकलाई कृषि यान्त्रिक सामाग्री बितरण गरेको छ । परम्परागत कृषि पेशालाई व्यवसायिक र आधुनिकीकरणतर्फ विकास गराउन इलाम नगरपालिका वडा न १ ले कृषकलाई १० थान  हाते ट्याक्टर, १० थान च्यापकटर र ७ थान चिया टिप्ने मेसिन बितरण गरेको हो ।

श्रम र समयको वचत, सिमित जनशक्तिबाट पर्याप्त काम हुने भएपछि किसान आधुनिक उपकरणको प्रयोगतर्फ आकर्षित भएका छन् । इलाम नगरपालिकालले कृषिमा आधुनिकीकरणतर्फ अगाडि बढाउन ७० प्रतिशत अनुदानमा हाते ट्याक्टर सहित अन्य सामाग्री बितरण गरेको इलाम नगरपालिकाका नगरप्रमुख केदार थापले बताए  ।

नगरप्रमुख थापाले सामाग्री वितरण गर्दै छिटो छरितो बेमौसमी खेती गर्ने कृषकलाई उपकरण  महत्वपुर्ण हुने बताए । उनले बिगतका दिनमा केहि केहिले अनुदानमा ट्याक्टर लियर बेच्ने भन्ने कुरा सुनेकोले त्यस्तो नगर्न अनुरोध गर्दै नगरपालिकाले सहुलियत अनुदानमा ट्याक्टर लिएको घर घरमा पुगेर अनुगमन गर्ने बताए ।

परम्परागत रुपमा खेती गरिने स्थानमा पावर टेलर प्रयोग गर्दा सजिलो र काम छिटो छरितो होस भनेर पावर टेलर वितरण गरेको उनको भनाइ छ । सहुलियत अनुदानमा ट्याक्टर पाएपछि कृषकहरु हर्षित भएका छन् । यता वडा अध्यक्ष गायत्रीराम बस्नेतले वडाले कृषकका लागि अन्य थुप्रै कार्यक्रम राखेको बताउदै सबै किसानलाई समेट्ने गरि कार्यक्रम ल्याउने समेत बताए । उता नगरप्रबक्ता नुतनदेव दुलालले कार्यक्रममा बोल्दै नगरपालिकाका नागरिकको मुख्य पेशा कृषि रहेको बताउदै नगरपालिकाले बजेट निर्माणमा समेत कृषिलाई प्रमुख प्राथमिकतामा राखेको बताएका छन ।

सम्बन्धित खबर