ePurwa

फिल्म गुञ्जनको ‘केबल तिम्रै तिर’ गीत सार्वजनिक (भिडिओ)


बुधवार, पौष २७, २०७९

काठमाडाैं । सारा सिर्पाली अभिनीत फिल्म ‘गुञ्जन’’को गीत सार्वजनिक भएको छ।  मंगलबार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत फिल्ममा समावेशी ‘केबल तिम्रै तिर’ बोलको गीत सार्वजनिक गरिएको हो।

निशान भट्टराई र श्रेया सोताङको स्वर रहेको गीतमा फिल्मका मुख्य कलाकार अभिनेत्री सारा सिर्पाली र प्रितमराज सेन्चुरीलाई देख्न सकिन्छ।

रवि मल्लको शब्द रहेको गीतमा कल्याण सिंहले संगीत भरेका छन्। गीतलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन्।  हिराकृष्ण शाहीको प्रस्तुति र सुनिता शाही निर्माता रहेको फिल्म एएच इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको हो।

अष्ट महर्जनको निर्देशन रहेको फिल्ममा सारा र प्रितमराजसँगै सरोज खनाल, हिउँवाला गौतम, कविर खड्का, निरुता स्याङतान, इभा श्रेष्ठ, कन्चन चालिसेलगायत कलाकारको अभिनय छ।

विगत २ दशकदेखि द्वन्द्व निर्देशन गर्दै आएका अष्ट महर्जनको यो डेब्यू निर्देशन फिल्म हो। अभिनेता प्रितमराजले पनि यसै फिल्मबाट अभिनयमा डेब्यू गर्दैछन्।  त्रिकोणात्मक प्रेमकथामा निर्माण भएको फिल्म काठमाडौं, पोखरा, जोमसोम र दुबईमा छायांकन गरिएको हो।

राजेश श्रेष्ठले छायांकन गरेको फिल्मलाई विपिन मल्लले सम्पादन गरेका हुन्। फिल्मका वितरक काठमाडौंमा जिजिए ग्रुप र काठमाडौं बाहिर एफडी कम्पनी रहेको छ। यो फिल्म पुस २९ गतेदेखि प्रदर्शन हुँदैछ।

सम्बन्धित खबर