ePurwa

झापाको बाह्रदशीमा ट्याक्टरले किचेर एक बालकको घटनास्थलमै मृत्यु


शनिवार, पौष ३०, २०७९

झापा ।  झापाको बाह्रदशीमा ट्याक्टरले किचेर एक बालकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा बाह्रदशी गाउँपालिका-६ निवासी पूर्ण बहादुर खातीको ४ वर्षीय छोरा फडिन्द्र खाती रहेको प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए ।

प्रहरीका अनुसार शनिवार दिउँसो डेढ बजे राजगढ बिर्तामोड सडक खण्ड अन्तरगत बाह्रदशी-६ स्थित बाह्रदशीडाँडा नजिकै दक्षिणबाट उत्तर तर्फ आउँदै गरेको प्र-१-०१-००१ त ८९५९ नम्बरको इँटा लोड भएको ट्याक्टरले बाटो काट्दै गरेको पैदल यात्री बालक खातीलाई ठक्कर दिएको थियो । ट्याक्टरको अगाडिको चक्काले किच्दा बालकको घटनास्थलमै मृत्यु भएको छ ।

यता ट्याक्टर तथा ट्याक्टर चालक पाँचथर जिल्ला हिलिहाङ गाउँपालिका- ३ निवासी २६ वर्षीय विवेक मेनेङबो लिम्बुलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले नियन्त्रणमा लिएको छ ।