ePurwa

माई मेलाबाट फर्कंदा बसको ठक्करबाट एक युवाको मृत्यु


आइतवार, माघ १, २०७९

झापा । कन्काई माई मेला भरेर फर्किदै गरेका एक जनाको बसको ठक्करबाट मृत्यु भएको छ । आज साँझ ६.२० बजे कन्काई नगरपालिका ३ स्थित पवित्रा पेट्रोल पम्प नजिक बसले ठक्कर दिँदा पैदलयात्री कन्काई ७ का ४४ वर्षीय केशव नेपालको मृत्यु भएको हो ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्रदेश १-०१-००१ ख ३४२० नम्बरको बसले नेपाललाई ठक्कर दिएको थियो । घाइते नेपाललाई उपचारका लागि बिर्तामोडको बिएण्डसी हस्पिटल ल्याउँदा ल्याउँदे बाटैमा मृत्यु भएको झापा जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

दुर्घटनापछि बस र बस चालकलाई नियन्त्रणमा लिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका इन्स्पेक्टर अशोक जवेगुले जानकारी दिए ।

सम्बन्धित खबर