ePurwa

मेची पेट्रोलियम डिलर्स एशोसिएसनको अध्यक्षमा पुःन कोइराला , महासचिवमा बस्नेत


मङ्गलवार, माघ ३, २०७९

बिर्तामोड । मेची पेट्रोलियम डिलर्स एशोसिएसनको अध्यक्षमा नवीन कोइराला पुःन अध्यक्षमा चयन भएका छन् ।  झापाको बिर्तामोड स्थित एशोसिएसनको सभाहलमा आज  सोमबार भएको पाँचौ अधिवेशनबाट कोइराला पुःन  ४ बर्षे कार्यकालकालागि अध्यक्ष पदमा निर्विरोध चयन भएका हुन् । 322762071_1252636875349621_8804354646608320603_n

त्यस्तै अधिवेशनले एशोसिएसनको महासचिवमा बिनोद बस्नेतलाई पुःन चयन गरेको छ । बस्नेतको पनि यो दोस्रो कार्यकाल हो ।

त्यस्तै  एशोसिएसनको बरिष्ठ उपाध्यक्षमा टिकाराम बहादुर पिठाकोटे, उपाध्यक्ष भुपालराज कटुवाल, सचिव विनोद चापागांई, कोषाध्यक्ष अमित सरिया, सह–कोषाध्यक्ष मदनकुमार राई चयन भएका छन् ।

त्यस्तै एशोसिएसनको सदस्यहरुमा उत्तम श्रेष्ठ, बालकुमार भण्डारी र सुभाष गुरुङ चयन भएका छन् ।  एशोसिएसनका केन्द्रीय अध्यक्ष लीलेन्द्रप्रसाद प्रधानले १५ औँ वार्षिक साधारण सभाको उद्घाटन गरेका थिए । उद्धघाटन समारोहमा नवनिर्वाचित कार्य समितिलाई प्रमुख अतिथि प्रधान सहित नेपाल

पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, एशोसिएसनका पूर्व अध्यक्ष प्रेमप्रसाद दाहाल, सल्लाहकार श्रीप्रसाद मैनाली, ट्यांकर व्यवसायी संघका अध्यक्ष तोकप्रसाद दुलाल लगायतले शुभकामना ब्यक्त गरेका थिए ।

उद्धघाटन समारोहको सञ्चालन एशोसिएसनका महासचिव बिनोद बस्नेतले  गरेको कार्यक्रममा  सदस्य कुमारमणि पोखरेलले स्वागत गरेका थिए ।

सम्बन्धित खबर