ePurwa

खस्दा पनि नफुट्ने अनरको फाइभजी स्मार्टफोन नेपाल आउँदै, प्रि-बुकिङ सुरु


बुधवार, माघ ४, २०७९

काठमाडौं । चिनियाँ स्मार्टफोन निर्माता अनरकाे नयाँ स्मार्टफोन भित्रिने भएको छ । हालसम्मकै बलियो स्क्रिनयुक्त स्मार्टफोनको रुपमा कम्पनीले ‘अनर एक्स नाइन ए’ (honor x9a) भित्र्याउन लागेकाे हाे ।

याे फोन केही समय अघिमात्रै विश्व बजारमा सार्वजनिक भएको थियो । बुधबारदेखि उपलब्ध हुने फाेन दराज अनलाइनमा प्रि-बुकिङका लागि उपलब्ध छ । प्रि-बुक गर्ने ग्राहकले पाँच हजार ४९० रुपैयाँ पर्ने अनर एयरबर्ड एक्स३ लाइट निःशुल्क पाउनेछन् ।

कम्पनीका अनुसार फोनमा ६.६७ इन्चको ओएलईडी कर्भ्ड डिस्प्ले रहेको र यसमा उपलब्ध रिइन्फोर्सड ग्लासका कारण खस्दा अथवा कुनै पनि दबाबले नफुट्ने  कम्पनीको  एरीया सेल्स म्यानेजर रमेश आचार्यले जानकारी दिए ।

स्न्यापड्रयागन ६९५ फाइभजी चिपसेटमा आधारित फोनमा अक्टाकोर सीपीयू उपलब्ध छ । एन्ड्रोइड १२ र म्याजिक यूआई ६.१ मा आधारित फोन नेपाली बजारमा ८ जीबी र्‍याम र २५६ जीबी इन्टर्नल स्टोरेज भेरियन्टमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

याे फाेनमा ट्रिपल रियर क्यामेरा सेटअप छ । यसअन्तर्गत ६४ मेगापिक्सेलको मुख्य क्यामेरा, ५ मेगापिक्सेलका अल्ट्रावाइड र डेप्थ सेन्सर तथा २ मेगापिक्सेलको म्याक्रो क्यामेरा रहेको छ । त्यस्तै सेल्फीका लागि १६ मेगापिक्सेलको क्यामेरा रहको छ ।

साथै फोनमा ५१०० एमएएच क्षमताको ब्याट्री दिइएको छ, जसका लागि सुपर–पावर चार्जर उपलब्ध हुनेछ । यो फोनकाे बिक्री मूल्य ४५ हजार ९९० रुपैयाँ ताेकिएकाे छ ।

सम्बन्धित खबर