ePurwa

एमाले सांसद कोइरीलाई पक्राउ गर्न ७७ जिल्लामा सर्कुलर


आइतवार, माघ ८, २०७९

काठमाडौँ । नेकपा एमालेका प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न देशभर सर्कुलर गरिएको छ । कोइरी महोत्तरी क्षेत्र नम्बर–१ बाट निर्वाचित भएका थिए ।  गृह मन्त्रालयले कोइरीलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई लिखित रूपमा पत्राचार नै गरेको छ ।

गृह मन्त्रालयले मौखिक र लिखित रुपमा नै निर्देशन कोइरीलाई पक्राउ गर्न निर्देशन दिएको छ ।  सांसद कोइरीलाई नियन्त्रणमा लिन प्रहरी लागिपरेको प्रहरी प्रवक्ता (डीआईजी) टेक प्रसाद राईले जानकारी दिए ।

गृह मन्त्रालयले कोइरीलाई पक्राउ नगरेको भन्दै  विज्ञप्ति नै निकालेर असन्तुष्टि जनाएको थियो । राष्ट्रसेवक कर्मचारी हत्या अभियोगमा उच्च अदालत जनकपुरले कोइरीलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको छ । २०७७ मंसिर १९ मा जनकपुर उच्च अदालतले जारी गरेको ‘वारेन्ट’का कारण उनी प्रहरीको ‘खोजी सूची’मा छन् ।
सम्बन्धित खबर