ePurwa

कोशी प्रदेशको नीति कार्यक्रम आज सार्वजनिक गर्ने


बुधवार, जेठ ३१, २०८०

विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०-८१ को नीति तथा कार्यक्रम आज सार्वजनिक गर्ने भएको छ । मङ्गलवार बसेको मन्त्रिपरिषद्को बैठकले सरकारको नीति तथा कार्यक्रम स्वीकृत गरेको हो ।

उक्त नीति तथा कार्यक्रम प्रदेशसभा बैठकमा आज दिउँसो १ बजे सम्बोधन गरी प्रस्तुत गर्न प्रदेश प्रमुख परशुराम खापुङलाई अनुरोध गर्ने निर्णय पनि भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

सम्बन्धित खबर