ePurwa

७८ एसपीको सरुवा, झापामा केसी आउने


बुधवार, फागुन २, २०८०

झापा। प्रहरी प्रधान कार्यालयले एकैपटक ७८ जना प्रहरी उपरीक्षक (एसपी)हरुको सरुवा गरेको छ ।  कार्यालयले फागुन १ गते उनीहरुको सरुवा गरेको हो ।

एसपीहरुको सरुवा भएसँगै धेरै जिल्लाका प्रहरी प्रमुखहरु फेरिएका छन् । जिल्ला प्रहरी कार्यालय झापाका प्रमुखको रुपमा कार्यरत दुर्गाराज रेग्मीको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडा सरुवा भएको छ भने काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट मिलन केसी झापा आउने भएका छन् । ‘क’ श्रेणी मानिएको झापामा केसी र बसुन्धरा खड्काको चर्चा चलेपनि खड्कालाई जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक पठाइएको छ ।

सन्तोष आचार्य जिल्ला प्रहरी कार्यालय सिरहा, कृष्णप्रसाद कोइरालालाई नेपाल प्रहरी पहरा गण सामाखुशी, कुमोध ढुंगेल जिल्ला प्रहरी कार्यालय पर्सा, रंजितसिंह राठौरलाई जिल्ला प्रहरी कार्यालय रुपन्देही पठाइएको छ । आकर्षक जिल्लाहरुमा आफू निकटलाई लैजाने नेताहरुको हानाथापका कारण उनीहरुको सरुवामा ढिलाई भएको थियो ।

सम्बन्धित खबर