ePurwa

ललिता निवास प्रकरणमा भोलि फैसला आउने


बुधवार, फागुन २, २०८०

काठमाडौं । बालुवाटारको ललिता निवासको सरकारी जग्गा निजी व्यक्तिहरूको नाममा गएको प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गर्ने भएको छ।

विशेष अदालतका प्रवक्ता एवं उपरजिष्ट्रार धनबहादुर कार्कीका अनुसार ललिता निवासको मुद्दा हेर्दाहेर्दैमा राखेको हो। यसको पेसी भोलिका लागि राखिएको छ।

बुधबार नै फैसला आउने भनिए पनि नभ्याएपछि बिहीबारका लागि पेसी तोकिएको हो। विशेष अदालतका न्यायाधीशहरू खुसीप्रसाद थारू, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासमा सुनुवाइ भइरहेको थियो। माघ २ गतेदेखि उक्त इजलासमा सुनुवाइ हुँदै आएको थियो।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ललिता निवासको १४३ रोपनी जग्गाको कागजात किर्ते गरी व्यक्तिको नाममा गएको भन्दै मुद्दा दायर गरेको थियो।

अख्तियारले २०७६ माघ २२ गते विशेष अदालतमा पूर्वउपप्रधानमन्त्री विजय गच्छदारसहित चार पूर्वमन्त्री, आयोगका पूर्वप्रमुख र २ जना पूर्वसचिवसहित १७५ जनालाई भ्रष्टाचार मुद्दा दायर गरेको हो।

सम्बन्धित खबर