ePurwa

अन्तरपालिका क्रिकेटः बिर्तामोड र कचनकवल अन्तिम चारमा प्रवेश


सोमवार, फागुन ७, २०८०

बुद्धशान्ति ।  प्रथम झापा जिल्ला अन्तरपालिका टि–२० पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत बिर्तामोड नगरपालिका र कचनकवल गाउँपालिका सेमिफाइनल प्रवेश गरेका छन् ।

बर्खा स्मृति प्रतिष्ठान बुद्धशान्तिको आयोजनामा जारी प्रतियोगिताको तेस्रो क्वार्टर फाइनल खेलमा बिर्तामोडले भद्रपुर नगरपालिकालाई ५ रनले पराजित गरेको छ ।

पहिले ब्याटिङ राजेको बिर्तामोडले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५४ रनको योगफल बनाएको थियो ।

१५५ रनको लक्ष्य पछ्याएको भद्रपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४९ रन मात्र बनाउन सक्यो ।

बिर्तामोडका लागि ४ ओभर बलिङ गर्दै १६ रन दिएर ५ विकेट लिएका सुमित न्यौपाने खेलको प्लेयर अफ दि म्याच घोषित भए ।

त्यस्तै, अन्तिम क्वार्टर फाइनल खेलमा कचनकवल गाउँपालिकाले कमल गाउँपालिकालाई ३ विकेटले जित्यो ।  पहिले ब्याटिङ रोजेको कमलले निर्धारित २० ओभरमा ७ विकेट गुमाउदै १६६ रन बनाएको थियो ।

१६७ रनको लक्ष्य पछ्याएको कचनकवलले ७ विकेट गुमाउँदै १८.१ ओभरमा लक्ष्य प्राप्त गर्यो । कचनकवलका लागि ४० बलमा ६९ रन बनाएका रोशन चौहान खेलको प्लेयर अफ दि म्याच घोषित भए ।

फागुन ९ गतेको पहिलो सेमिफाइनलमा मेचीनगर नगरपालिका र कचनकवल गाउँपालिका प्रतिस्पर्धा गर्ने छन् । फागुन १० गते दोस्रो सेमिफाइनल खेल बिर्तामोड नगरपालिका र गौरादह नगरपालिकाबीच हुनेछ ।

झापाका १५ वटै पालिकाको सहभागिता रहेको प्रतियोगितामा विजेताले नगद १ लाख, मेडल, ट्रफी, प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद ५० हजार, मेडल, ट्रफी, प्रमाणपत्र पाउने प्रतिष्ठानका अध्यक्ष मदनकुमार प्रसाईंले बताए ।

खेलमा प्लेयर अफ दि म्याचलाई २ हजार, फाइनलको दिन प्लेयर अफ दि म्याचलाई ५ हजार र प्लेयर अफ दि सिरिजलाई १० हजार पुरस्कार दिइनेछ ।

सम्बन्धित खबर