ePurwa

अमर नकआउट फुटबल प्रतियोगिता : बुट्टाबारी सेमिफाइनलमा प्रवेश


मङ्गलवार, फागुन १५, २०८०

बुद्धशान्ति । बुट्टाबारीे युनाइटेड यहाँ जारी प्रथम अमर नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बुद्धशान्ति ४ स्थित गणेश माविको खेल मैदानमा आज (मंगलबार) भएको अन्तिम क्वाटरफाइनल खेलमा अर्जुनधाराको शनिश्चरे एफसीलाई १–० गोल अन्तरले पराजित गर्दै बुट्टाबारीेले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । यो संगै आज बाट क्वाटरफाइनल समिकरण पुरा भएको छ ।

निकै प्रतिस्पर्धात्मक खेलको १५ मिनेटमा बुट्टाबारीे युनाइटेडका सोना लिम्बुले गरेको पहिलो गोलनै खेलको निर्णायक गोल बन्यो । खेलको ५१ औँ मिनेटमा शनिश्चरे एफसीका अनिस राइले रातो कार्ड पाए पछी शनिश्चरे ८ खेलाडीमा सिमीत भएको थियो । खेल अवधी भर कुनै पनि गोल गर्न नसक्दा शनिश्चरे एफ सी प्रतियोगीताबाट बाहिरीएको छ ।

खेलमा निर्णायक गोल गरेका गरेका बुट्टाबारीेका सोना लिम्बु म्यान अफ दि म्याच बन्दै नगद १ हजार प्राप्त गरे ।

अमर युवा क्लबको आयोजनामा फागुन १२ गतेदेखी १९ गतेसम्म जारी प्रतियोगितामा झापा र इलाम गरी ८ वटा टिमले सहभागी जनाउने प्रतियोगिताको प्रथम पुरस्कार ५० हजार नगद, मेडल र ट्रफी रहेको छ । त्यस्तै उपविजेताले ३० हजार नगद र मेडल र ट्रफि पाउने उपाध्यक्ष गणेश बहादुर डाँगीले बताएका छन् । प्रत्येक खेलको म्यान अफ दि म्याच, उत्कृष्ट गोल किप्पर, खेलाडीलाई समेत पुरस्कृत गरिने छ ।