ePurwa

झापा गोल्डकपले एपीएफलाई गर्यो कारबाही


मङ्गलवार, फागुन २२, २०८०

बिर्तामोड । झापा गोल्डकप आयोजक समितीले विभागीय टोली शसस्त्र प्रहरीको एपीएफ क्लबलाई कारबाही गरेको छ । जारी प्रतियोगितामा सोमबारको खेलमा एपीएफले केही जर्सीहरु नम्बर नभएका लगाएर खेलेको गरेको थियो । विभागीय टिमले टेप टाँसेर नम्बर लेखको र जर्सीहरु मार्र्करले लेखेर खेल खेलेकोमा आलोचना समेत भएको थियो ।

आयोजकले फरक गोल्डकप प्रतियोगिताको नियमावली विपरित जर्सीको रंगसम्बन्धि नियम उल्लंघन गरेको भन्दै कारवाही गरेको जनाएको छ । कारवाहीमा परेको एपीएफलाई एघार हजार रुपैयाँ जरिवाना समेत गरेको छ । यस्तै, आगामी खेलमा यसकिसमको गल्ती नदोहोर्याउने लिखित प्रतिबद्धता समेत माग गरेको छ । सोमबार एपिएफले बागमती युथ क्लबसँग प्रतिस्पर्धा गरेको थियो । एपीएफले टाईब्रेकरमा बागमतीलाई हराउदै सेमीफाइनलमा प्रवेश गरेको छ ।