ePurwa

झापा गोल्डकप : झापा ११ एन्फा मकवानपुरसँग भिड्दै


बिहिवार, फागुन २४, २०८०

झापा । झापा गोल्डकपमा आज आयोजक झापा ११ एन्फा मकवानपुरसँग भिड्दैछ । खेल बिर्तामोडस्थित डोमालाल रंगशालामा दिउँसो ३ बजेबाट सुरु हुदैछ ।

नवप्रवेशी युवा खेलाडीले भरिएको झापा ११ जारी प्रतियोगितामा पहिलो खेल खेल्न लागेकाले आजको खेललाई निकै चासोपूर्वक हेरिएको छ । विजयी बन्ने टोली सेमीफाइनलमा प्रवेश गर्नेछ । विगतमा झापा ११ मा राष्ट्रिय अन्र्तराष्ट्रिय प्रतियोगिता खेलेका अनुभवी खेलाडीको बर्चश्व रहेको थियो । तर, अहिले नवप्रवेशी युवा खेलाडी र केही विदेशी खेलाडीसहित झापा ११ मैदान प्रवेश गर्ने बताइएको छ ।

झापा ११ पाचौँ झापा गोल्डकपको उपविजेता हो । फाइनलमा त्रिभुवन आर्मी क्लबसँग पराजित भएको थियो । पछिल्लो पटक झापा ११ ले पाँचथर गोल्डकप खेलेको थियो । त्यहाँ पनि सेमिफाइनलमा त्रिभुवन आर्मीसँगै हार ब्यहोरेको थियो । आजको विजेताले सेमीफाइनलमा चर्च ब्वाईज युनाइटेडसँग प्रतिस्पर्धा गनुपर्नेछ ।

१० टोली सहभागी गोल्ड कपको विजेताले नगद १३ लाखसहित आकर्षक ट्रफी पाउनेछ भने उपविजेता टोलीले नगद ७ लाखमा चित्त बुझाउनु पर्नेछ ।