ePurwa

गृहमन्त्री रवि लामिछानेसँग हर्क साम्पाङको भेट


आइतवार, चैत १८, २०८०

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङकले गृह मन्त्रालयमा भेटेका छन् ।

भेटमा धरानमा इलाका प्रहरी र ट्राफिक प्रहरी कार्यालयको भवन निर्माण, सशस्त्र प्रहरीको गुल्म स्थापना र सुरक्षाकर्मीका लागि पर्याप्त सोत–साधनको माग गरेका छन् ।

साथै कर्मचारीले प्रक्रिया र जनप्रतिनिधिले परिणाम खोज्ने हुँदा काम गर्न कठिन भएको गुनासो समेत गृहमन्त्रीलाई सुनाएका छन् ।

हर्कलाई भेटेपछि लोकप्रिय जनप्रतिनिधिले मन्त्रालयमै आएर राखेका माग र गरेका गुनासोमा आफुु गम्भीर रहेको गृहमन्त्री लामिछानेले बताएका छन् ।

साथै माग सम्बोधनको प्रक्रिया तत्काल सुरु गर्न कर्मचारीलाई निर्देशन समेत दिएका छन् ।

भेटमा साम्पाङले गृहमन्त्री लामिछानेलाई सुुझाव पनि दिएका छन् । उनले प्रहरीको मनोबल उच्च बनाउने गरी काम गर्न सुझाव दिएका हुन् । जवाफमा गृहमन्त्री लामिछानेले प्रहरीलाई ‘आम नागरिकलाई भरः गलत गर्नेलाई डर’ हुने संगठन बनाउने गृहमन्त्रीको प्रतिवद्धत जनाएका थिए ।

गृहमन्त्री र प्रमुख साम्पाबीच लागू औषध दुब्र्यसनी नियन्त्रणबारे पनि छलफल भएको थियो । नशाका लागि विभिन्न थरीका औषधी मिसाएर खाने प्रवृत्ति बढेको तर, त्यसविरुद्ध कारबाही चलाउन कानून नरहेकोबारे प्रमुख साम्पाङले गृहमन्त्रीलाई ध्यानाकर्षण गराएका थिए ।

प्रमुख साम्पाङले हरेक शुक्रबार सञ्चालन गरिरहेको ‘सुधारबार’ अभियानमा कुनै हप्ता आफू पनि सहभागी हुने गृहमन्त्रीको प्रतिवद्धता।

सम्बन्धित खबर