ePurwa

नीराकार पाण्डेको शव नेपाल ल्याउन आर्थिक सहयोग गर्ने मन्त्रीपरिषद् बैठकको निर्णय


शनिवार, पौष २३, २०७९

काठमाडौ । सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार कार्यालय स्थापना गर्न संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न स्विकृत दिने भएको छ ।

बिहीवार बसेको मन्त्री परिषद्को बैठकले गरेका निर्णय सार्वजनिक गर्दै आज शुक्रवार सरकार प्रवक्ता एवं उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आयोजनाको प्रभावकारी व्यवस्थापन र आर्थिक लाभको सुनिश्चिताका लागि विमानस्थलमा भन्सार कार्यालय स्थापना गर्न संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न स्विकृत दिने निर्णय भएको बताएका हुन् ।

उनले सरकारले राष्ट्रिय सभा सदस्य उपनिर्वाचन माघ २५ गते गर्ने निर्णय गरेको जानकारी दिए । उनले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका क्रममा मृत्यु भएका बाजुराका सञ्जीव ऐरी र चेतन ऐडीका परीवारलाई आर्थीक सहायता उपलब्ध गराउने निर्णय गरेको पनि बताए । उनले कम्बोडीयामा निधन भएका नीराकार पाण्डेको शव नेपाल ल्याउन आर्थिक सहयोग गर्ने निर्णय गरेको बताए ।

उनले भने,‘अर्थमन्त्रालयको प्रश्तावमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा राजश्व कार्यालय स्थापना गर्नका लागि स्ंगठन तथा व्यवस्थापन सर्वेक्षण गर्ने पूर्वस्वीकृति प्रदान गर्ने,पोखरा विमानस्थल राष्ट्रिय गौरवका आयोजना मध्ये एक हो । कोभिडको समयलाई कटौती गर्ने हो भने तुलनात्मक रुपमा समयमा नै सम्पन्न भएको आयोजनाको रुपमा रहेको छ । यो आयोजनाको प्रभावकारी व्यवस्थापन गर्ने र विमानस्थलबाट यर्थेस्ट लाभको सुनिश्चिता गर्ने जिम्मेवारी सरकारको रहेकाले आवश्यक जनशक्ति समेत व्यवस्थापन गर्ने निर्णय गरेका छौं ।

राष्ट्रिय सभा सदस्य उपनिर्वाचन माघ २५ गते गर्ने निर्णय,प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका क्रममा मृत्यु भएका बाजुराका सञ्जीव ऐरी र चेतन ऐडीका परीवारलाई आर्थीक सहायता उपलब्ध गराउने निर्णय, कम्बोडीयामा निधन भएका नीराकार पाण्डेको शव ल्याउन आर्थिक सहयोग गर्ने निर्णय र अर्थ सचिवमा तोयमा राय र राजश्व सचिवमा रामप्रसाद घिमिरेलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।’

सरकारले अर्थ सचिवमा तोयमा राय र राजश्व सचिवमा रामप्रसाद घिमिरेलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।

सम्बन्धित खबर