ePurwa

नेपाल र भारतका प्रधानमन्त्रीले बथनाह–विराटनगर कार्गो रेल सेवाको उद्घाटन गर्दै


बिहिवार, जेठ १८, २०८०

विराटनगर । मालसामान आयातनिर्यातका लागि भारतको बथनाहदेखि विराटनगरको भन्सारसम्मको कार्गो रेल सेवा आजबाट सञ्चालनमा आउने भएको छ ।

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्तरुपमा भर्चुअल माध्यमबाट रेल सेवाको उद्घाटन गर्दैछन् । उद्घाटन पश्चात कार्गाे रेल भारतको बथनाहाबाट नेपालका लागि छुट्नेछ । रेल आज दिउँसो विराटनगरस्थित बुधनगरमा रहेको भन्सार यार्डसम्म आउनेछ ।

सुनसरी–मोरङ औधोगिक करिडोरका फलामे उद्योगले आयात गरेका कच्चा पदार्थ बोकेर कार्गो रेल सेवाको सुरुवात गरिदैछ । बथनाहा–विराटनगर रेलमार्ग ८ किलोमिटर दुरीको छ । सुनसरी–मोरङ औधोगिक करिडोरका उद्योगीले विराटनगर भन्सार यार्डसम्म कार्गो ब्रोडगेज सञ्चालन गर्न विगत लामो समयदेखि माग गर्दै आएका थिए ।

मोरङको कटहरीसम्मको १८ दशमलव ६ किलोमिटर लम्बाई ब्रोडगेज रेलमार्ग भारत सरकारको सहयोगमा निर्माणाधीन छ । करिब चार अर्ब भारतीय लगानीमा भारतको इरकोन कम्पनीले सन् २०११ मा रेलको ट्रयाक बिछ्याउनेलगायत काम सुरु गरेको थियो । बुधनगरम्म ट्रयाक बिछ्याउनेदेखि, स्टेसन तथा यार्ड निर्माणको कार्य यसअघि नै सम्पन्न भइसके पनि को थियो । तर, नेपालतर्फको कटहरीमा जग्गा मुआब्जा विवादका कारण रेल्वेको यार्ड निर्माण हुन र ट्रयाक बिछ्याउन ढिलो भएपछि बुधनगरसम्म मात्रै कार्गो रेल सेवा सञ्चालनमा ल्याइएको हो ।

सम्बन्धित खबर